Nepaldalitinfo   []   Home>>  []  

Top of Form

 

Bottom of Form

Press Release of Dalit Welfare Organization (DWO)

 

प्रेस विज्ञप्ती

 

ललितपुर जिल्ला वुंङ्गमती गा.वि. वडा नं. वस्ने श्रीमती नानी मैया नेपालीले र्सार्वजनिक इनार छोएको घटना र्सार्वजनिक रुपमा मिडिया मार्फ वाहिर आईसकेको र्सार्वजनीक इनारमा पानी भर्न जाँदा नानी मैया नेपालीले कथित माथिल्लो जातका व्यक्तिहरुवाट भएको दुरव्यहवारको विरुद्ध ललितपुर जिल्ला प्रहरी कार्यालय राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी दिईसकेको अवस्थामा आज २०६२ फागुण २० गते पर्ुव साँसद, दलित आयोगका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार दलित सेवा संघ समेतको एक टोली घट्नाको सत्य तथ्य बुझ्न ललितपुर जिल्लाको वुंगमती गा.वि. वडा नं. पुग्दा दलित सेवा संघका दिनेश परियार, नरेन्द्र विश्वकर्मा, स्थानीय वासिन्दा नानी मैया नेपाली शोभा नेपालीलाई स्थानीय वासिन्दाहरु मिलन केसी, वाल मुकुन्द विष्ट, दिलिप विष्ट, सानूवावु के.सी. मिश्री थापा, राधा घिमिरे, इन्दिरा के.सी लगायतका व्यक्तिले सांघातिक आक्रमण गरि ज्यानै लिने समेतको प्रयास गरेको साथमा रहेको क्यामरा लगायतका सामाग्री तोडफोड गरेको घट्ना प्रति दलित सेवा संघको गम्भिर ध्यानाकर्षा भएको सो घटना प्रति दलित सेवा संघ धोर भर््रर्त्सना गर्दछ

र्

वर्तमान संविधानले र्सार्वजनिक धारा, कुवा इनार निर्वाद उपभोग गर्न पाउने संविधान प्रदत अधिकारको हनन भएको छुवाछुतको व्यवहारलाई फौजदारी अपराध धोषणा गरी एक वर्षकैद रु ,००० रुपौयाको जरीवानाको व्यवस्था गरी सरकारवादि मुद्धा समेत वनाई लागु समेत भएको अबस्थामा कथित उच्च जातिका गैर दलितले दलित समुदायको आत्म सम्मान, र्सार्वजनीक सम्पतीको उपयोगमा रोक स्वतन्त्रता पर्ूवक वाँच्न पाउने मानव अधिकारको उल्लङ्गन गर्ने संविध कानून विपरीत कार्य गरेको हुदा गृह मंत्रालय स्थानीय प्रहरी प्रसासन वाट घटनामा संलंग्न अपराधिहरुलाई कडा भन्दा कडा कारवाहि गरी पिडितहरुलाई उचित क्षतिपर्ुर्तिको दलित सेवा संघ माग गर्दछ

 

छुवाछुतको व्यवहार नेपाली राष्ट्रिय एकतामा खलल पुर्याउने कार्य भएको हुँदा सम्पर्ूण्ा न्यायप्रेमी जनसमुदाय, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोग, दलित गैरसरकारी संस्था महासंघ जनजनति महासंघ, राजनैतिक दलहरु, मानव अधिकारवादी संस्थाहरु, नेपाल वार एशोसिएसन तथा नेपाल पत्रकार महासंघलाई उक्त घटनाका पीडितहरुलाई न्याय दिलाउन तथा दोषीलाई कारवाहि गराउन ऐक्यवद्धता आवश्यक पहलकदमी गर्नको लागी हार्दिक आव्हान गर्दछौं

 

गणेश कालिराज

उपाध्यक्ष

दलित सेवा संघ

मिति २०६२/११/२०